निर्धक्क भएर कारोबार गर्न सदस्यहरुमा शिवशिखर सहकारीको आग्रह

लोकपथ
4.6k
Shares

काठमाडौं । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको वुटवल शाखाले निक्षेप भुक्तानी गर्न नसकेको भन्दै विभिन्न माध्यमबाट गुनासो आएपछि खण्डन गरेको छ । देशभर विभिन्न जिल्लामा शाखा विस्तार गरेको सहकारी संस्थाले सामाजिक सञ्जालमा आएका विभिन्न टिकाटिप्पणी गलत र भ्रामक भएको जनाएको हो ।

सहकारीको सुदूरपश्चिम प्रदेशका वरिष्ठ प्रवन्धक हेमराज जोशीले आज एक विज्ञप्ति जारी गरी गुनासो आए जस्तो संस्थाको अवस्था नरहेको स्पष्ट पारेका छन् । संस्थाको साधारण सभा गर्ने तयारी भईरहेकाले बजारमा चलेको अफवाह जस्तो संस्थामा कुनैपनि अवस्था रहेकाले निर्धक्क भएर कारोबार गर्न सदस्यहरुमा आग्रहसमेत गरिएको छ ।

संस्थाको वार्षिक साधारण सभाको आर्थिक प्रतिवेदन चाँडै नै सदस्यहरुको हातमा पुग्ने भएकाले भ्रमको पछाडि नलाग्न पनि विज्ञप्तिमा आग्रह गरिएको छ । ‘शिवशिखर बहुउदेश्यीय सहकारी संस्थाप्रति विभिन्न सामाजिक संजालमा आएका समाचारप्रति हामी दुःख प्रकट गर्न चाहान्छौं ।

प्रधान कार्यालयबाट हिजो प्रेस विज्ञप्ति प्रकाशित गरी हाम्रा सदस्यहरुलाई धेरै जसो कुरामा स्पष्ट पार्ने प्रयास हामीले गरेका छौं ।’ विज्ञप्तिमा भनिएको छ–‘बहुउदेश्यीय प्रकृतिमा सहकारी विभागमा दर्ता भई देशका विभिन्न जिल्ला र क्षेत्रमा सदस्य सेवा केन्द्रको स्विकृतको अनुमति लिएर भक्तपुरमा प्रधान कार्यालय रहेको यस शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको मातहतमा नेपालभरीमा ३७ वटा सदस्य सेवाकेन्द्रहरु संचालनमा रहेका छन् ।’

सहकारीको माद्यमबाट देशको सामाजि आर्थिक विकाशमा योगदान गर्ने उदेश्यले आफुहरु लागि रहेको भन्दै विज्ञप्तिमा अफवाहको पछाडि नलाग्न आग्रह छ । ‘सहकारीको माध्यमबाट देशको सामाजिक आर्थिक विकास गर्ने मुख्य उदेश्यका साथमा स्थापना कालदेखि नै हामी लागि राखेका छौ’ विज्ञप्तिमा भनिएको छ ।

संस्थाप्रति सामाजिक सञ्जालमा विभिन्न खालका टिकाटिप्पणी र नकारात्मक कुराहरु आईराखेको यस परिस्थितिमा सत्यताको विषय उजागर गरी सदस्यहरुलाई निर्धक्कसँग कारोबार गर्ने वातावरण सृजना गर्नका लागि यो विज्ञप्ति प्रकाशन गरेका छौं जारी विज्ञप्तिमा भनिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?