रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटलबीच सम्झौता

लोकपथ
52
Shares

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटल प्रा.लि. हेटौडाबीच मेडिकल इन्स्योरेन्सको लागि सेवा सम्झौता भएको छ । उक्त सम्झौता पश्चात रिलायन्स लाइफ इन्स्योरेन्सका ग्राहक तथा बीमितहरुले हस्पिटलको प्रयोगशाला सेवा, एक्स रे, ईसिजी र इको लगायत सेवाहरूमा विशेष छुट पाउनेछन् ।

सम्झौता कार्यक्रममा अन्डरराइटिङ विभाग प्रमुख एकराज पाठक, एरिया म्यानेजर सुर्य गिरी लगायत सन्चो हस्पिटलका तर्फबाट म्यानेजर अशोक कायस्थको उपस्थिति रहेको थियो ।

रिलायन्स इन्स्योरेन्सले आफ्ना ग्राहकहरुको सुविधाका लागि विभिन्न जिल्लामा मेडिकल इन्स्योरेन्स तथा अन्डरराइटिङको लागि स्थानीय स्वास्थ संस्थाहरुसँग सम्झौता गर्ने कार्यलाई निरन्तरता दिँदै गईरहेको छ । कम्पनीले देशभर एक सय २४ वटा शाखा विस्तार गरी बीमा सम्बन्धी सेवा उपलब्ध गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?