काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता मेटमणि चौधरीले लोकतान्त्रिक गणतन्त्रको संस्थागत गर्ने विषयमा बहस र छलफल गर्नुपर्ने बताएका छन् । लोकतान्त्रिक व्यवस्था खतरामा परेको बताउँदै उनले संसदमा राजा स्थापना गर्ने कुराले व्यवस्थामाथि खतरा उत्पन्न भएको जिकिर गरे ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संसदमा देखिएको प्रस्तुतिले लोकतान्त्रिक गणतन्त्र खतरामा पर्नसक्ने महसुस भएको बताए ।
उनले भने, ‘२०७९ माघ १८ गते प्रतिनिधि सभामा देखिएको प्रस्तुतिले लोकतान्त्रिक ब्यवस्था खतरामा परेको महसुस भएको छ । राप्रपाबाट निर्वाचित माननीयज्यूले खुलेरै भन्नुभयो–हामी राजा स्थापित गर्न चाहन्छौँ । हिन्दुराज्य बनाउन चाहन्छौँ । साथै राप्रपा पार्टीलाई नहोच्चाउनको लागि सचेत समेत गराउनु भएको छ । यसैले गणतन्त्रवादी शक्तिहरू व्यवस्थाका विषयमा गम्भीर बन्नु जरूरी छ ।’
राप्रपा नेता ज्ञानेन्द्र शाहीले प्रतिनिधि सभामा बोल्दै राजतन्त्र पुनर्स्थापना गर्ने बताएका थिए । शाहीलाई प्रतिवाद गर्दै चौधरीले भने, ‘स्मरण रहोस्, न राजा पुनर्स्थापित हुन्छन् न त नेपाल हिन्दु राज्य पुनः हुन सक्छ । यसैले त्यो विषयमा छलफल नगरेकै राम्रो ! बरू नगरौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया