कांग्रेस लुम्बिनी प्रदेशमा २१ वटा विभाग गठन

लोकपथ
26
Shares

काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेशले पार्टीका विभिन्न २१ विभाग गठन गरेको छ । पार्टीको विधान अनुसार लुम्बिनी प्रदेशमा सभापति अमर पुनले ती विभागका प्रमुखमा मनोनयन गरेका छन् ।

जसमा कांग्रेसले प्रदेशको संगठन विभाग प्रमुखको जिम्मेवारी प्युठानका सुवास केसीलाई दिएको छ । सूचना सञ्चार तथा प्रचार प्रसार विभागको प्रमुखमा दाङका प्रचण्ड विक्रम न्यौपानेलाई तोकिएको छ । स्वास्थ्य विभागको प्रमुखमा बाँकेकी अञ्जना पाण्डेलाई, प्रदेश कानुन तथा संसदीय मामिला विभागको जिम्मेवारी पाल्पाका महेन्द्रप्रसाद पाण्डेलाई दिइएको छ ।

प्रदेश तथा स्थानीय निकाय विभागको प्रमुखमा प्युठानका अमरप्रसाद भण्डारीलाई, नवलपरासीका विश्वप्रेम पाठकलाई शुभेच्छुक संस्था समन्वय विभाग,प्युठानका सुवास केसीलाई भाषा, साहित्य, कला तथा संस्कृति विभाग, अर्घाखाँचीका डा.जयबहादुर टण्डनलाई शिक्षा विज्ञान तथा प्रविधि विभाग, कपिलवस्तुका रवीन्द्र नाथ ठाकुरलाई गैरसरकारी संस्था एवं सामाजिक सेवा विभाग,दाङका देवनारायण चौधरीलाई अभिलेख, अनुगमन तथा मूल्यांक विभाग, रुपन्देहीका दिर्घबहादुर केसीलाई युवा तथा खेलकुद विभागको प्रमुखमा मनोनयन गरिएको पार्टी प्रदेश कार्यालय मुख्य सचिव मोहन राज शर्माले बताए ।

कपिलवस्तुका विक्रमसिंह थापालाई शान्ति सुरक्षा तथा प्रशासन सेवा विभाग, रुपन्देहीकी शान्ति शर्मालाई ट्रेड युनियन तथा श्रमिक विभाग, रुपन्देहीका रामबहादुर कार्कीलाई पार्टी सम्पर्क विभाग, बाँकेका टेकनारायण भुसाललाई तरुण समन्वय विभाग, बर्दियाका भेषराज पौडेललाई निर्माण व्यवसायी विभाग,अर्घाखाँचीकी शान्ता भण्डारीलाई महिला समन्वय विभाग, रुपन्देहीकी लीला कुमारी पौडेललाई सहकारी विभाग, बर्दियाका पुष्पलाल श्रेष्ठलाई वातावरण तथा विपद व्यवस्थापन विभाग, गुल्मीका छन्द पहराई मगरलाई आदिवासी जनजाति समन्वय विभाग र रोल्पाका पुष्पा श्रेष्ठलाई यातायात विभागको प्रमुख तोकिएको छ ।

कांग्रेस लुम्बिनी प्रदेश समितिका सभापति अमरसिंह पुनले कांग्रेसको विधान अनुसार प्रदेश समितिले ३४ वटा विभागहरू गठन गर्न पाउने व्यवस्था रहे पनि अहिले २१ वटा मात्रै विभागहरू गठन गरेको बताए । उनले अन्य १३ वटा विभाग गठन छिटै गठन गर्ने बताए । प्रत्येक विभागहरू २५ सदस्यीय रहने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?