काठमाडौं । माघ १० गते संघीय संसद भवन अघि आत्मदाह गरेका इलामका प्रेम आचार्यले उठाएका विषयमाथि प्रहरीले छानबिन थालेको छ ।
आचार्यले आत्मदाहअघि करिब ६ हजार शब्दमा आफूले मृत्यु रोज्नुको कारण र बाध्य पार्नेहरुको फेहरिस्त नै सार्वजनिक गरेका थिए ।
उनको मृत्युपछि सरकारले गृहमन्त्रालयका सहसचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति समेत गठन गरेको छ ।
यता परिवारले १० बुँदे शर्त राख्दै गृहमन्त्रालयलाई पत्र बुझाएको थियो । परिवारले आफ्ना मागहरु पालना नभएसम्म शव नउठाउने आचार्यको शव नजलाउने चेतावनी दिएका थियो ।
यद्यपी सरकारी तबरबाट आफ्नो मागहरु पूरा हुने बचन पाएपछि प्रेमको दाहसंस्कार भइसकेको छ । ४ दिन अघि नै आचार्यको दाहसंस्कार गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । त्यस्तै बाहिरबाट व्यक्ति तथा संस्थाहरुबाट सहयोग आइरहेको स्रोतले जानकारी दिएको छ ।
परिवारले आचार्यले मृत्युअघि सामाजिक सञ्जाल मार्फत् राखेका २५ वटा सुझावहरुको मागहरु सम्बोधन हुनुपर्ने, उनलाई मर्न बाध्य बनाउनेहरुलाई कानुनी उपचार खोजिनुपर्ने, किसान र कृषि उपजलाई बिना अवरोध र नगदमा कारोबार गर्ने व्यवस्था गरिनुपर्ने लगायतका मागहरु रहेका छन् ।
त्यसैगरी व्यवसायीलाई सरल दरमा कर्जा उपलब्ध गराउनुपर्ने, आचार्यले लिएको कर्जा राज्यले स्वामित्व लिई चुक्ता गरिदिनुपर्ने, नावालक सन्तानलाई चाहेको विद्यालयदेखि निशुल्क उच्च शिक्षासम्मको ग्यारेन्टी राज्यले गरिदिनुपर्ने लगायतका मागहरु रहेका छन् ।
त्यस्तै परिवारले सरकार समक्ष आर्थिक लेनदेन तथा उधारो बजारसम्बन्धी कानुन तत्काल ल्याउनुपर्ने तथा आचार्यलाई आर्थिक कृषि क्रान्तिको प्रथम शहीद घोषणा गरिनुपर्ने लगायतका मागहरु राखेको थियो ।
यता प्रहरीले उनले नाम उल्लेख गरेका व्यक्ति तथा संस्थासँग छानबिन थालेको छ ।
आचार्यले मृत्युअघि आफ्नो परिवार र छोरीहरुको लागि सहयोग गर्न अपील गरेका थिए । सोही बमोजिम देश तथा विदेशबाट सहयोगहरु प्राप्त भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया