कैलालीमा चित्तलको छालासहित एकजना पक्राउ

लोकपथ
65
Shares

कैलाली । कैलालीमा चित्तलको छाला अवैध रुपमा ओसारपसार कार्यमा संलग्न एकजना पक्राउ परेका छन् । वन्यजन्तु चित्तलको छाला अवैध तस्करीमा संलग्न जिल्लाको घोडाघोडी नगरपालिका–५ देउकलियाका ५४ वर्षीय खेमराज सापकोटालाई प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरिएको डीएसपी लक्ष्मणबहादुर शाहीले बताए । विषेश सूचनाका आधारमा उनलाई मंगलबार राती १० बजे उनकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई आवश्यक कारबाही तथा अनुसन्धानका लागि डिभिजन वन कार्यालय पहलमानपुर पठाइएको डीएसपी शाहीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?