गृह मन्त्रालयमा विकल्प खोज्ने माओवादीकाे संकेत

लोकपथ
156
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले गृहमन्त्रालयमा विकल्प खोज्ने तयारी गरेको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामापछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्हाल्दै आएको गृहमन्त्रालय माओवादी केन्द्रले नै राख्नुपर्नेमा पार्टीभित्रै अधिकांश नेताहरुको प्रचण्डलाई सुझाव छ ।

बुधबार सत्ता साझेदार नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो विकसित राजनीतिक घनाक्रम, राष्ट्रपति, उपराष्ट्रपति निर्वाचन र गृहमन्त्रालय लगायतका विषयमा प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भेटवार्ता गरेका थिए । सत्ता साझेदार दलका शीर्ष नेताहरुसँगको भेटपछि प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डले पार्टीका नेताहरुसँग ब्रिफिङ गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले बुधबार पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङलाई ब्रिफिङ गरेका हुन् । ब्रिफिङपछि माओवादीका महासचिव देव गुरुङले गृहमन्त्री कसलाई बनाउने भन्ने विषय प्रधानमन्त्रीको अधिकार भएको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ब्रिफिङ सुनेपछि गुरुङले गृहमन्त्री बनाउँदा विकल्प खोज्नुपर्ने अवस्था आएको बताए ।

यसअघि माओवादी केन्द्रको पदाधिकारी बैठकमासमेत गृहमन्त्रालय आफूसँगै राख्नुपर्ने र सर्वाेच्च अदालतको फैसलाको पूर्णपाठ नआउन्जेल निर्णय गर्न नहुने निष्कर्ष बैठकले गरेको थियो ।

‘विकल्प खोज्ने हो । पात्र फेर्नुप¥यो । मन्त्रालय फेर्नुप¥यो’ महासचिव गुरुङले भने, ‘गृहमन्त्रीका विषयमा छुट्टै परामर्श लिनपरेन । प्रधानमन्त्रीको कुरा हो ।’ सर्वोच्च अदालतले गत शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज गरिदिएपछि उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री पद पनि गुमाएका थिए ।

त्यसपछि रविले प्रक्रिया पु¥याएर नागरिकता पनि लिइसकेका छन् । त्यसपछि उनले आफूलाई पुन गृहमन्त्री बनाउन दबाव दिइरहेका छन् । यस विषयमा आजै प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपाका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग समेत छलफल गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?