देशभर विकास निर्माणमा भइरहेको अवरोधबारे नेता केसीले संसदमा उठाए आवाज

लोकपथ
679
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद अर्जुननरसिंह केसीले देशभर विकास निर्माणमा देखिएको समस्याबारे सदनमा आवाज उठाएका छन् ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै पूर्वमन्त्री समेत रहेका नेता केसीले ठेकेदारी प्रथामा देखिएको सिन्डीकेटले विकास निर्माणको काममा समस्या पैदा भएको बताए ।

बैठकको शून्य समयमा बोल्दै नेता केसीले त्यस्तै गरिनुले गुणस्तरलाई असर मात्र नभइ मझौला र निम्नमध्यम वर्गीय खालका ठेकदारहरु पनि आपतमा परेको बताए ।

‘ठेकदारी प्रथामा देखिएको कार्टेलिजम, सिन्डीकेटेजिम र फिक्सिङले गुणस्तरलाई असर मात्र होइन सम्पूर्ण रुपबाट मझौला र निम्नमध्यम वर्गीय खालका ठेकदारहरु पनि त्यतिकै आपतमा परेका छन् ।’ उनले भने ।

त्यस्तै नेता केसीले आफूले प्रतिनिधित्व गर्ने जिल्ला नुवाकोटका विभिन्न ठूला आयोजना निर्माणमा भइरहेको ढिलाइका विषयमा सरकारलाई जानकारी गराएका छन् । लामो समयसम्म पासाङ ल्हामु राजमार्ग निर्माणको कामको लागि ७ पटक सम्झौता हुँदा पनि काम हुन नसकेको बताए ।
त्यस्तै नुवाकोट जोडिने रणनीतिक मार्गको रुपमा तिनपिप्ले, कुमरी कोल्पुटार हुँदै त्यसको पनि हालत त्यही अवस्थामा रहेको उनले बताए ।

‘मेरै नुवाकोट जिल्लामा २०१४ जुन ५ मा भएको पासाङ ल्यामु राजमार्गको सम्झौता ७ पटक बढ्यो, दुई वर्षको निम्ति भएको सम्झौता ६ वर्ष थपियो ।’ नेता केसीले भने, ‘त्यसको झण्डै ४० प्रतिशत भन्दा बढी बजेट बृद्धि भयो, तर अहिलेसम्म केही काम भएको छैन भने त्यसैगरी रणनीतिक मार्गको रुपमा तिनपिप्ले, कुमरी कोल्पुटार हुँदै त्यसको पनि त्यही हालत छ । भने समग्र देशभरी राष्ट्रिय गौरवको आयोजनादेखि लिएर सबै आयोजनाको अवस्था त्यस्तै छ ।’

त्यसैगरी देश भ्रष्ट्राचारको रसतालमा डुब्दै गएको कारण त्यतातिर ध्यान दिन पनि सरकारसमक्ष आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?