बौद्धको फूलबारीमा आगलागी, ह्याण्डिक्राफ्टका सामान जलेर नष्ट

लोकपथ
26
Shares

काठमाडौं । बौद्धस्थित फूलबारीमा आगलागी भएको छ । गएराति साढे १० बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ । ह्याण्डिक्राफ्ट बनाउने टहरामा लागेको आगो सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएका छन् ।

सात वटा दमकलको सहायतामा आगलागी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । आगलागीबाट ह्याण्डिक्राफ्टको सामान जलेको छ । तत्काल उद्दार गरेर प्रहरीले मानवीय क्षति हुनबाट रोकेको छ ।

हस्तकलाका सामान बनाउन प्रयोग गरिने धागो ठूलो परिमाणमा जलेको छ । आगलागीको कारण खुल्न सकेको छैन । घटनाबारे प्रहरी वृत बौद्धले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?