काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतबहादुर कार्की बीच भेटवार्ता भएको छ।
बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले मुख्यमन्त्री कार्कीलाई बधाई र शुभकामना दिएका छन्।
नेकपा एमालेबाट निर्वाचित कार्कीले प्रदेश सभामा पुस २९ गते विश्वासको मतसमेत पाइसकेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया