काठमाडौं । सरकारमा गृहमन्त्री र राष्ट्रपति निर्वाचनको विषय पेचिलो बन्दै गएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता साझेदार दलका अध्यक्षहरुसँग छलफल गरेका छन् ।
बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी ओली र राप्रपा अध्यक्ष एवं उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनसँग छलफल गरेका हुन् ।
नागरिकता विवादका कारण गत शुक्रबार गृहमन्त्रीबाट राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने गृहमन्त्रीबाट हटेका छन् । नागरिकता पुनः प्राप्तीपछि लामिछाने गृहमन्त्रीका दाबी गरिरहेका छन् । मंगलबार प्रधानमन्त्रीसँग भेटेर गृहमन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिएसँगै प्रधानमन्त्रीले सो विषयमा सहमति जुटाउन दुई अध्यक्षसँग परामर्श गरेका हुन् ।
त्यस्तै एमालेको मुख्य भूमिकामा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिका लागि सहमतीय बाटोबाट जानुपर्ने अभिव्यक्ति दिएपछि सत्ता गठबन्धनमा तरंग पैदा भएको छ । सरकारको नेतृत्व आधा आधा कार्यकाल र राष्ट्रपति एमालेलाई छाड्ने शर्तमा प्रधानमन्त्री बनाएको भन्दै एमालेले सहमति हुने भए एमालेकै उम्मेद्वारमा हुनुपर्ने दाबी गरिरहेको छ ।
यता माओवादी केन्द्रले संसदको दिगोपनाका लागि राष्ट्रपतिमा कांग्रेससहितका दलहरुसँग सहमति गर्नुपर्ने धारण राखिरहेका छन् । जसको कारण गठबन्धनमा दुई विषय पेचिलो बन्दै गएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया