सहमति, सहकार्य र एकता अहिलेको आवश्यकता : वरिष्ठ नेता पौडेल

लोकपथ
26
Shares
jl/i7 g]tf kf}8]n–;Daf]wg bdf}nL, !& df3 M g]kfnL sf+u|]; tgx’Fn] dªunaf/ bdf}nLdf cfof]hgf u/]sf] jt{dfg cj:yfdf sf+u|];sf] e”ldsf ljifos cGt/lqmof sfo{qmdnfO{ ;Daf]wg ub}{ g]kfnL sf+u|];sf jl/i7 g]tf /fdrGb| kf}8]n . tl:a/ M s[i0f Gof}kfg]÷/f;;

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको विकासका लागि सहमति, सहकार्य र एकता अहिलेको आवश्यकता रहेको बताएका छन् ।

नेपाली कांग्रेस तनहुँले आज आयोजना गरेको वर्तमान अवस्थामा कांग्रेसको भूमिका विषयक अन्तरक्रियामा वरिष्ठ नेता पौडेलले सहमति, सहकार्य र एकताले नै देशको प्रगति हुने धारणा व्यक्त गरे । राष्ट्रिय सहमतिका लागि आफूले विगतदेखि नै आवाज उठाउँदै आएको उनले उल्लेख गरे ।

वरिष्ठ नेता पौडेलले पार्टीमा गुटबन्दी हुँदा कमजोर भएको चर्चा गर्दै राजनीतिक पार्टीबीच दलबन्दी हुँदा देश कमजोर हुने टिप्पणी गरे । वरिष्ठ नेता पौडेलले जनतालाई शक्तिशाली बनाउन दलको आवश्यकता भएको उल्लेख गर्दै दलका नेताहरुलाई जनतामुखी बन्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी, प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठ, कांग्रेस जिल्ला सभापति जीतप्रकाश आले, पूर्वसभापति बैकुण्ठ न्यौपानेलगायतले आ–आफ्नो धारणा राखेका थिए । सो अवसरमा नेता पौडेलले कांग्रेस तनहुँले प्रकाशित गरेको त्रैमासिक बुलेटिनको विमोचनसमेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?