धनुषा । मधेस प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा.भोगेन्द्र झाले पदबाट राजीनामा दिएका छन् । प्रदेशको समग्र विकासको योजना बनाउने उद्देश्यसहित गठित आयोगका उपाध्यक्ष झाले पदबाट राजीनामा दिएका हुन् ।
विसं २०७६ भदौ २२ गते उपाध्यक्षमा नियुक्त भएका झा आफूले चुनाव पश्चात् नयाँ सरकार गठन भएसँगै नैतिकताको आधारमा राजीनामा दिएको बताए ।
यसअघि रहेका नीति आयोगका उपाध्यक्ष डा.हरिवंश झालाई हटाएर डा.भोगेन्द्र झालाई ल्याइएको थियो । त्रिभुवन विश्वविद्यालय अन्तर्गत अर्थशास्त्रको प्राध्यापकबाट केही वर्षअघि उनले अवकाश लिएका थिए ।
प्रदेशको सन्तुलित र समष्टिगत विकासका लागि आवश्यक नीति, रणनीतिक विषय क्षेत्रका दीर्घकालीन, मध्यमकालीन र वार्षिक विकास योजना बनाउने तथा प्रदेशको आवश्यक नीति निर्माण कार्यमा प्रदेश सरकारलाई सहयोग पु¥याउने मुख्य जिम्मेवारीसहित मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश नीति आयोगको गठन हुने व्यवस्था छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया