खानेपानीलाई आमनागरिकको पहुँचमा पुर्‍याइन्छ : मन्त्री खाँन

लोकपथ
65
Shares

नवलपरासी । खानेपानीमन्त्री अब्दुल खाँनले स्वच्छ खानेपानीलाई आमनागरिकको सहज पहुँचमा पुर्‍याउन सरकार लागिपरेको बताएका छन् ।

नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको कार्यालयमा आज आयोजित कार्यक्रममा मन्त्री खाँनले जनतालाई स्वच्छ खानेपानीको व्यवस्था गर्ने विश्वास दिलाए ।

कुन–कुन देशमा नेपालले पानी सहजै निर्यात गर्न सक्छ भन्ने विषयमा अन्तर्राष्ट्रियस्तरकै अध्ययन गरिने उल्लेख गर्दै उनले नेपालभित्र पानी नपुगेका जनसंख्यालाई सहजरूपमा पानीको पहुँच पुर्‍याउन आफू अग्रसर रहने बताए । मन्त्री खाँनले भने, ‘हामी खानेपानी निर्यात गर्दैछौँ ।

यस विषयमा मन्त्रालयले अध्ययन गरिरहेको छ ।’ उनले सरकारले आफ्नो नीति तथा कार्यक्रममै जनतालाई सहजै पानीमा पहुँच पुर्‍याउने भनेकाले आफू त्यसमा लाग्ने बताए । विभिन्न जिल्ला भ्रमणमा रहेका मन्त्री खाँनले सरकारले आफ्नो नीति तथा कार्यक्रममै जनतालाई सहजै पानीमा पहुँच पुर्‍याउने भनेकाले आफू त्यसमा लाग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?