शिखर पहाडियासँग देखिइन् जान्हवी कपुर

लोकपथ
247
Shares

काठमाडौं । जान्हवी कपुर आफ्नो व्यक्तिगत जीवनका कारण चर्चामा रहन्छिन् । अभिनेत्री कपुर हालै उनका पूर्व प्रेमी शिखर पहाडियासँग देखिएकी थिइन् । जसको भिडियो सार्वजनिक भएको छ ।

उक्त भिडियोमा जान्हवी शिखरसँग कारभित्र देखिएकी छिन् । यस क्रममा जान्हवी ग्ल्यामरस लुकमा देखिएकी छिन् । जान्हवी शिखरसँग फिल्ममेकर करण जोहरको घर पुगेकी हुन् । अनन्त अम्बानीको इन्गेजमेन्टमा जान्हवी शिखरसँगै पुगेकी थिइन् ।

जान्हवी कपुर र शिखर पहाडियालाई सँगै देखेको यो पहिलो पटक भने होइन । यसअघि २९ डिसेम्बर २०२२ मा मुकेश अम्बानी र नीता अम्बानीका कान्छो छोरा अनन्त अम्बानीले आफ्नी लामो समयदेखि प्रेमिका राधिका मर्चेन्टसँग इन्गेजमेन्ट गरेका थिए र उनको परिवारले उनको लागि भव्य पार्टी आयोजना गरेका थिए। धेरै बी-टाउन सेलिब्रेटीहरू मध्ये, जान्हवी कपूर पनि आफ्नो प्रेमी शिखर पहाडियासँग पार्टीमा उपस्थित भएकी थिइन् ।

को हुन् शिखर पहारिया ?

actress janhvi kapoor and and rumored boyfriend shikhar pahariya again  caught in radhika anant ambani engagement | छुपाया भी नहीं जाता, बताया भी  नहीं जाता, जान्हवी आणि शिखरचं खरंच आहे का नातं

जान्हवीका प्रेमी शिखर पहाडिया महाराष्ट्रका पूर्व मुख्यमन्त्री सुशील कुमार शिन्देका नाति हुन्। जान्हवी र शिखर लामो समयदेखि डेट गर्दै छन्, जसको खुलासा जान्हवी आफैले कफी विथ करणको एक एपिसोडमा गरेकी थिइन् । पछि दुबैको ब्रेकअप भयो । तर, बि टाउनको यो जोडी फेरि एकपटक चर्चामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?