पब्जीले २१ वर्षीय युवकलाई बनायो हिंस्रक, ज्यान जोगाउन आमा र बहिनी घरबाट भाग्न बाध्य

लोकपथ
117
Shares

काठमाडौं । अनलाइन गेम अहिले धेरै युवाहरुको लत बन्दै गएको छ ।  अनलाइन गेम लगातार खेल्दा मानसिक रुपमा कमजोर हुनुका साथै मानिसको सोच्ने बानी पनि बदलिन्छ । गेमको लतमा परेका मानिसहरु आफ्नो परिवारका सदस्य, साथीभाइ आदिलाई समय दिन सक्दैनन् । कतिपय त हिंसक पनि बन्छन् ।

मोबाइल मानिसको जीवनको एक महत्वपूर्ण हिस्सा बनेको छ। मोबाइल कल गर्न मात्रै नभई मनोरञ्जनको प्रमुख माध्यम पनि बनेको छ । मानिसहरु मोबाइलमा गेम पनि खेल्छन् । गेम खेल्ने बानी बालबालिकामा मात्र नभएर ठूलाहरूमा पनि देखिन्छ । धेरै शोधहरूमा यो खुलासा भएको छ कि धेरै मोबाइल गेमहरूले बच्चाहरूलाई हिंसात्मक बनाउँछ। लगातार गेम खेल्दा मानसिक रुपमा कमजोर हुनुका साथै सोच्ने बानीमा पनि परिवर्तन आउँछ । यस्तै एउटा मोबाइल गेम पब्जी पनि हो । विगतमा पनि पब्जी लाई लिएर बालबालिकाहरु हिंसामा परेको खबर आएको थियो ।

हालै भारतको गुजरातबाट यस्तै एउटा घटना बाहिर आएको छ । जसमा २१ वर्षीय युवक पब्जी गेमका कारण हिंसक बनेका छन् । उनको पब्जी गेमको लतका कारण उनकी आमा र बहिनी डरले घर छोड्न बाध्य भएका छन् ।

अनलाइन खेल PUBG

टाइम्स अफ इन्डियाका अनुसार पब्जी गेमको लतले २१ वर्षीय युवालाई खतरनाक तहमा पुर्याएको छ । केटाको हिंस्रक कार्यबाट विचलित भएर उनकी आमा र बहिनी घर छोडेर भाग्नुपरेको थियो । आमा र छोरी अन्य गाउँलेको घरमा शरण लिन बाध्य भएका छन् । यो घटना गुजरातको नवसारी जिल्लाको एउटा गाउँको हो ।

गाउँलेहरूका अनुसार पब्जीको लतका कारण उनले हिंस्रक प्रवृत्ति विकास गरेपछि उनले आफ्नी आमा र बहिनीसँग झगडा गर्न थाले। उनकी आमा मजदुरको काम गर्थिन् ।

गाउँलेहरू युवकको घरमा पुग्दा उनी चक्कु लिएर बसेका थिए । उसले उनीहरुलाई आफ्नो नजिक नआउन, बोल्न नखोज्न धम्की दिएका थिए । पछि गाउँलेहरूले प्रहरी र गाउँका वरिष्ठलाई बोलाएर युवकलाई तत्काल उपचार आवश्यक रहेको निष्कर्श निकालेका थिए । उनको मानसिक अवस्था पनि अस्थिर भएको उनको आमाले बताएकी थिइन् ।

आमा छोरीलाई सोधपुछ गर्दा उनी विगत ६ वर्षदेखि पब्जीको लतमा रहेको खुलासा भएको थियो । उनी घरबाट बाहिर निस्केनन् र दिनमा एक पटक मात्रै खाना खान्थे किनभने उनी लगातार फोनमा पब्जीखेल्ने गर्थे । जब उनकी आमाले उनलाई खान खुवाउन जान्थिन् उनले आमालाई आक्रमण गर्ने गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?