रोल्पामा उम्मेदवारी दर्तापछि माओवादीको यस्तो हुंकार

५ कात्तिक – माओवादी केन्द्रका युवा नेता वर्षमान पुन अनन्तले वाम गठवन्धनलाई आगामी चुनावमा दुई तिहाई सिट ल्याउन कसैले रोक्न नसक्ने वताएका छन्।आज रोल्पाको लिवाङमा उम्मेदवारी दर्ता गरे लगत्तै आयोजित सभामा वोल्दै नेता पुनले प्रत्यक्ष तर्फ काङ्ग्रेस गठवन्धनले दश सिट भन्दा वढि नल्याउने दावी गरे।’अब दुई तिहाई वहुमत ल्याएर समाजवाद निर्माणको दिशामा हामी जानेछौं।’ -पुनले भने -‘ काङ्ग्रेसी मित्रहरुले यसलाई अन्यथा रुपमा लिनु जरुरी छैन। ‘वाम गठवन्धनले मुलुकको आर्थिक विकास र समृद्धिको ढोका खोल्ने नेता पुनले दावी गरे।कार्यक्रममा एमाले नेता गोकुल घर्तीले वाम तालमेल ऐतिहासिक आवश्यकता भएको वताए। कार्यक्रममा रोल्पा प्रदेश (क )का उम्मेदवार कुलवहादुर केसि र प्रदेश( ख)का उम्मेदवार दिपेन्द्र पुनले वाम तालमेलले नेपाल नयां युगमा प्रवेश गर्ने वताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?