१५ चैत्र २०७९, बुधबार

पठानको सफलतापछि शाहरुख खानले गरे ‘पठान-२’ बनाउने संकेत

२०७९,माघ,१७,मंगलवार १२:४६

144
Shares

काठमाडौं । यतिबेला बक्स अफिसमा फिल्म पठानले चर्चा पाइरहेको छ । फिल्मले पहिलो दिनदेखि नै राम्रो कमाइ गरिरहेको छ । पहिलो फिल्मको सफलता देखेर अब फिल्मको दोस्रो भाग पनि बनाउने सुपरस्टार शाहरुख खानले संकेत गरेका छन् ।

सुपरस्टार शाहरुख खानको फिल्म ‘पठान’ ले मनग्य कमाइ गरिरहेको छ । योसँगै फिल्मका एक्सन दृश्यले पनि मानिसको मन जितिरहेको छ । फिल्मको सफलतालाई मध्यनजर गर्दै अब फिल्मको दोस्रो भागको तयारी भइरहेको खबर बाहिरिएको छ ।

‘पठान’ को सफलतालाई ध्यानमा राख्दै, निर्माताहरूले सोमबार मुम्बईमा एक प्रेस कार्यक्रम आयोजना गरे, जसमा ‘पठान’ का निर्देशक सिद्धार्थ आनन्दले फिल्मको भागको बारेमा ठूलो संकेत दिए ।

‘पठान २’ को बारेमा शाहरुख खानले भने, ‘पठानको सफलतापछि मेरो परिवार निकै खुसी छ । यदि यो फिल्मको सिक्वेल बनाइयो भने, म अझै मेहनत गर्ने प्रयास गर्नेछु ।

पठान फिल्मले पाँच दिनमा ५ सय करोडको व्यापार गरेको छ ।

प्रकाशित मिति: २०७९,माघ,१७,मंगलवार १२:४६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

महेन्द्रनगर । पहाडी जिल्ला अछाममा जन्मिएकी मोडल तथा नृत्याङ्गना झरना बोहरा सुदूरपश्चिमको देउडा गीत अभिनयमा चर्चित बन्दै गएकी छिन् ।

काठमाडौं । नेपालमा रङ्गमञ्चको आफ्नै महत्व र आवश्यकता छ । रङ्कर्मीको रूपमा उदाएका कलाकार अहिले चलचित्रमा सर्वाधिक खोजिने अनुहारसमेत बनेका

काठमाडौं । कलाकार दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ । वनभोजका क्रममा विवाद हुँदा दुर्गेशसहित तीन जनाले कुटपिट गरेको भन्दै

काठमाडौं । भोजपुरी अभिनेत्री तथा मोडल आकांक्षा दुबे मृत अवस्थामा फेला परेकी छिन् । दुबेको शव सारनाथ थाना क्षेत्रको सोमेन्द्र

ताजा समाचार

दिङ्ला प्रशासन कार्यालय प्रमुखविहीन
 २०७९,चैत्र,१५,बुधबार ११:१३