१६ चैत्र २०७९, बिहीवार

पेशावर मस्जिद विस्फोट अपडेट : मृतककाे संख्या ७० पुग्यो

२०७९,माघ,१७,मंगलवार १२:१३

45
Shares

काठमाडौं । पाकिस्तानको पेशावरमा हिजो अर्थात जनवरी ३० मा भएको आतंकवादी हमलामा मृत्यु हुनेको संख्या ७० पुगेको छ । पेशावरको पुलिस लाइन इलाकामा रहेको मस्जिदमा नमाज पढिरहेका बेला भएको आतंकवादी हमलामा १५० भन्दा बढी घाइते भएका छन् । जसमध्ये धेरैको अवस्था गम्भीर छ ।

यस आक्रमणमा मस्जिदको ठूलो हिस्सा ध्वस्त भएको थियो । जसको भग्नावशेषमा धेरै मानिस पुरिएका थिए । भग्नावशेषबाट उद्धारकार्य र शवको खोजी कार्य जारी रहेको छ ।

पेशावरको पुलिस लाइन मस्जिदमा भएको आक्रमणमा ज्यान गुमाउने अधिकांश प्रहरी कर्मचारी रहेका छन् । प्रतिबन्धित आतंकवादी संगठन तेहरिक-ए-तालिबान पाकिस्तान (टीटीपी) ले आक्रमणको जिम्मेवारी लिएको छ। पेशावरको मस्जिदमा भएको विस्फोटलाई पाकिस्तानमा पछिल्लो ११ महिनामा भएको सबैभन्दा ठूलो आतंकवादी हमला भनिएको छ। यस विस्फोटपछि पाकिस्तानमा उच्च सतर्कता जारी गरिएको छ।

नमाजको समयमा भएको थियो विस्फोट

पेशावरको पुलिस लाइनमा रहेको मस्जिदमा सोमबार दिउँसो नमाजको समयमा आत्मघाती हमला भएको थियो। सञ्चारमाध्यमका अनुसार ५५० पूजाहारीहरूका बीचमा बसेका आक्रमणकारीले आफूलाई विष्फोट गराएका थिए । विष्फोटको आवाज दुई किलोमिटर टाढासम्म सुनिएको थियो।

लेडी रिडिङ अस्पताल (एलआरसी)का प्रवक्ताका अनुसार अस्पतालमा १५० भन्दा बढी घाइतेलाई ल्याइएको थियो, जसमध्ये केहीको अवस्था गम्भीर छ । विष्फोटपछि सेनाले सो क्षेत्रलाई घेरेको छ । प्रहरी लाइन इलाकामा भए पनि आतंककारी कसरी प्रवेश गर्न सफल भए भन्ने अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: २०७९,माघ,१७,मंगलवार १२:१३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

फिलिपिन्स । दक्षिणी फिलिपिन्समा एउटा पानीजहाजमा आगलागी हुँदा ३१ जनाको मृत्यु भएको छ । उद्धारकर्मीहरूका अनुसार २३ जना घाइते भएका

अमेरिका । अमेरिकी सेनाका दुई वटा हेलिकाेप्टर दक्षिणपश्चिम केन्टकीमा दुर्घटनाग्रस्त भएका छन् । नियमित अभ्यासका क्रममा एचएच–६० ब्ल्याक हक हेलिकाेप्टर

फिलिपिन्स । दक्षिणी फिलिपिन्समा एउटा पानीजहाजमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ । उद्धारकर्मीहरूका अनुसार १४ जना घाइते भएका

काठमाडौं । रानी क्यामिलाका साथ जर्मनीको तीनदिने राजकीय भ्रमणमा रहेका बेलायतका राजा चाल्र्स तृतीयले आज जर्मनीको सङ्घीय संसद् बुन्डेस्टागमा सम्बोधन

ताजा समाचार

ललितपुर मेयर्स कप : एपीएफ क्लब च्याम्पियन
 २०७९,चैत्र,१६,बिहीवार १३:१६