पुनः गृहमन्त्रालयमा रास्वपाको बार्गेनिङ, सरकार छाड्नेसम्मको चेतावनी !

लोकपथ
91
Shares

काठमाडौं । नागरिकता विवादमा सर्वोच्चको फैसलापछि गृहमन्त्रीबाट हटेको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पुनः गृहमन्त्रीमा फर्किने जमर्को गरिरहेका छन् ।

लामिछाने शुक्रबार सर्वोच्चको फैसलापछि एकैपटक राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति, सांसद र उपप्रधानसहित गृहमन्त्रीबाट हटेका हटेका थिए ।

आइतबार नागरिकता पुनः प्राप्तीपछि पुनः रास्वपाको सभापतिको हैसियतमा फर्किएका छन् । भने अब उनको निर्वाचन क्षेत्र चितवन क्षेत्र नं २ मा उपनिर्वाचन हुँदैछ । तर त्यसअघि नै लामिछाने गैर सांसदको हैसियतमा मन्त्री हुने तयारीमा लागेका छन् । जसको लागि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग २ पटक भेटिसकेका छन् ।

रास्वपाको बैठकले गृहमन्त्रालयमा आफ्नो दलको दाबी रहने निर्णय गरेसँगै लामिछानेले प्रधानमन्त्रीसँग वार्ता गरे पनि प्रधानमन्त्रीले अन्य दलसँग पनि परामर्श गर्ने बताएसँगै रास्वपा अहिले असन्तुष्ट बनेको छ ।

मंगलबार सोही विषयमा छलफल गर्न लामिछानेले प्रधानमन्त्रीसँग भेटेका थिए । तर प्रधानमन्त्रीले भने परामर्श गर्ने बचन दिएपछि रास्वापाले सरकार छाड्ने समेतको चेतावनी दिएको छ । यता रास्वपाले भने बेलुकासम्म अन्तिम निर्णयको अल्टिमेटम दिएको छ ।

यता रास्वपा प्रवक्ता मुकुल ढकालले भने आफ्नो दललाई गृहमन्त्री दिने तयारीमा प्रधानमन्त्री नरहेको प्रतिक्रिया दिन्छन् ।
यदी दिएको समयसीमाभित्र प्रधानमन्त्रीले निर्णय नगरेमा पत्रकार सम्मेलन गरेर सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने तयारीमा रास्वपा रहेको ढकालको भनाइ छ ।

हाल सरकारमा रास्वपाबाट शिक्षा, श्रम र स्वास्थ्य राज्यमन्त्री रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?