एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई बुझायो २० बुँदे ज्ञापनपत्र

लोकपथ
104
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को प्रतिनिधि मण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्ञापन पत्र बुझाएको छ । देशको आर्थिक संकटबारे मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीले ज्ञापन पत्र बुझाएको हो ।

पछिल्लो समय देशको आर्थिक अवस्था राम्रो नरहेको सरकारलै नै बताइरहेको छ । देशको आर्थिक अवस्थालाई सुदृढ बनाउन सरकारले चाल्नुपर्ने कदमबारे पनि जानकारी गराइएकाे बताइएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले हस्ताक्षर गरेको ज्ञापनपत्रमा देशको आर्थिक समस्या समाधान गर्न अल्पकालीन र दीर्घकालीन उपाय अपनाउन ढिला गर्न नहुने सुझाव समेटिएको छ ।

२० बुँदे सुझावसहितको ज्ञापनपत्रमा आर्थिक नीति कार्यान्वयन, युवा शक्ति विदेश पलायन रोक्नुपर्ने लगायतलाई समेटिएको पार्टी उपमहासचिव डा.विजय पौडेलले जानकारी दिए । ज्ञापनपत्र बुझाएपछि प्रधानमन्त्री ‘प्रचण्ड’ ले समाधान गर्न सकिने विषय उठाएको भन्दै त्यसका लागि छलफल गरेर अघि बढ्ने प्रतिबद्धता जनाएको पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?