पर्यटनमन्त्री किरातीले लिए पूर्वसचिवसँग सुझाव

लोकपथ
65
Shares

काठमाडौं । मन्त्रालय र मातहत निकायको कामलाई प्रभावकारी बनाउने उद्देश्यले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पूर्वसचिवहरुसँग छलफल गरेका छन् । मन्त्रालयमा आज भएको छलफलमा उनले पर्यटन एवं हवाई क्षेत्रको विकास एवं सम्वद्र्धनका विषयमा पूर्वसचिवहरूको रायसुझाव लिएका हुन् ।

बैठकमा पूर्वसचिवहरूको आफ्नो कार्यकालमा बाँकी रहेका अधुरा अविनाशी छाप र अनुभव, बाँकी रहेका अधुरा सपना, वतर्मान हाम्रो स्थिति र भावी दिनमा हामी के गर्न सक्छौँ भन्ने एजेन्डामा छलफल भएको पर्यटनमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

बैठकमा पूर्व मुख्यसचिव लीलामणि पौडेल, शंकरप्रसाद अधिकारी, मोहनकृण श्रेष्ठ, महेश्वर न्यौपाने लगायतका पूर्वसचिवहरूले आफ्नो अनुभव र सुझाव राखेका थिए ।

अधिकांश सचिवहरूले नेपाल वायुसेवा निगमलाई कम्पनीमा रुपान्तरण गर्नुपर्ने लगायतका सुझाव राख्नुभएको थियो । आगामी दिनमा पनि फेरि बैठक बसेर उनीहरुको अनुभव सुन्ने मन्त्री किरातीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?