१५ चैत्र २०७९, बुधबार

माधव नेपाल राष्ट्रपति बन्थे, आफ्नै कारण अवसर गुमाए : योगेश भट्टराई (भिडियोसहित)

२०७९,माघ,१७,मंगलवार १३:२९

180
Shares

नेकपा एमालेका सचिव योगेश भट्टराईले माधव नेपालले आफ्नै कारण राष्ट्रपति बन्ने अवसर गुमाएको टिप्पणी गरेका छन् ।

लोकपथ टिभीको कार्यक्रम कर्माणिसँग कुरा गर्दै नेता भट्टराईले भने, ‘पुस ९ गते एमाले अध्यक्ष केपी ओलीले संवादका लागि पठाएका व्यक्तिहरुसँग कुरा गरेर वातावरण सहज बनाएका भए अहिले राष्ट्रपति बन्ने सम्भावना थियो ।’

अब त्यो सम्भावना जिवित नै छ कि सकियो भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘त्यसका लागि अब माधव नेपालले नै वातावरण सहज बनाउनुपर्छ । प्रचण्डलाई प्रधानमन्त्री बनाउने पार्टी अध्यक्ष ओलीलाई नेपाललाई राष्ट्रपति नबनाउनुपर्ने कारण थिएन ।’

नेपालको राजनीतिको नेतृत्व कांग्रेस र एमालेले नै गर्ने भन्दै कांग्रेस लोकतान्त्रिक र एमाले कम्युनिष्ट ध्रुवको नेतृत्वमा रहने प्रष्ट गरे । वर्तमान सरकार कांग्रेससँग माओवादीको कुरा नमिलेपछि एमालेले पहलकदमी लिएर बनेकोले कांग्रेसले सत्तामा भाग खोज्नु नैतिक नहुने पनि उनले बताए ।

एमाले र माओवादीबीच पुस १० गते भएको समझदारी अनुसार राष्ट्रपति एमालेले प्रस्ताव गरेकै व्यक्ति हुने भन्दै उनले त्यसमा दायाँबायाँ गरे प्रचण्डको विश्वसनीयतामाथि प्रश्न उठ्ने बताए ।

कांग्रेस र माओवादीबीचको गठबन्धन फुटाउन आफूहरुले चुनाव अघिदेखि नै प्रयास गरेको भए पनि बल्ल सरकार बनाउने बेलामा सफल भएको पनि उनले बताए ।
राष्ट्रपति पनि एमालेले भनेकै व्यक्तिलाई बनाउँदा राज्य संयन्त्र एमालेको मुठ्ठीमा पर्ने त्रास माओवादीभित्र देखिएकाले राष्ट्रिय सहमति बन्ने व्यक्ति खोजेको हो कि भन्ने जिज्ञासामा उनले भने, ‘ठीकै छ नि, एमालेले प्रस्ताव गरेका व्यक्तिमा सहमति बनाउन प्रधानमन्त्रीले प्रयास गरे भैहाल्यो नि ।’

राष्ट्रपतिलाई अनावश्यक रुपमा विवादमा तान्ने गरेको भन्दै उनले विद्या भण्डारीले नागरिकता विधेयक रोकेर देशको जनमत विभाजित हुनबाट रोकेको तर्क गरे । राष्ट्रपति रामवरण यादवले कट्वालकाण्डमा प्रचण्डको कदममा रोक लगाएर माओवादीबाट सत्ताकब्जा हुन रोकेकाले प्रशंसा गर्छु, भट्टराईले भने ।

अर्को प्रसंगमा उनले रास्वपाका सभापति रवि लामिछाने अब छोटो बाटोबाट गृहमन्त्री बन्नेतर्फ नलागुन् भन्दै चुनावबाट चुनिएर बन्दा राम्रो हुने सुझाव दिए ।

चितवन क्षेत्र नम्बर २ मा हुने उपचुनावमा एमालेले रविलाई नै समर्थन गर्न सक्ने पनि उनले बताए ।

प्रकाशित मिति: २०७९,माघ,१७,मंगलवार १३:२९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । मिटरब्याज पीडितहरुको आन्दोलनमा विवेकशील साझा पार्टीले ऐक्यबद्धता जनाएको छ । बुधबार अध्यक्ष समिक्षा बास्कोटाले विज्ञप्ति जारी गर्दै पीडितहरुलाई

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिटरब्याज पीडितको माग सरकारले पूरा गर्नुपर्ने बताएका छन् ।

काठमाडौं । एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार प्रिमियर

काठमाडौं । सत्ता गठबन्धनको बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक शुरु भएको हो । मन्त्रालयको

ताजा समाचार

दिङ्ला प्रशासन कार्यालय प्रमुखविहीन
 २०७९,चैत्र,१५,बुधबार ११:१३