रक्षामन्त्री पोखरेलले भने- ‘काठमाडौं महानगर सांस्कृतिक धरोहर हो’

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले काठमाडौं महानगरपालिका  सांस्कृतिक धरोहर भएको बताएका छन् । काठमाडौं महानगरपालिकाको २४ औं स्थापना दिवसको अवसरमा बोल्दै पोखरेलले महानगरपालिका सांस्कृतिक, परातात्विक धरोहर भएको बताए ।

साथै उनले काठमाडौंलाई सांस्कृतिक धरोहरका रुपमा कसरी जोगाउने भन्ने ठूलो चुनौती रहेको समेत बताए । यसमा सबैले मिलेर काम गर्नुपर्ने उनले बताए । 

मन्त्री पोखरेलले महानगरले सक्ने काम आफैले गरोस् नसक्ने भएमा संघीय सरकारलाई सहयोगका लागि अनुरोध गरोस् भन्ने धारणा राखे । महानगरपालिका स्थापनापछिका उपलब्धिहरूलाई फर्किएर हेर्नुपर्ने समेत उनले बताए । अहिले नयाँ ढंगले अघि बढ्नेगरी संघीय संरचना बनेका लागि त्यसका लागि सबै अगाडि बढ्नुपर्नेमा उनको जोड छ ।

अहिले बिग्रेभत्केका सबै काममा महानगरलाई दोष लगाउने काम भइरहेको भन्दै उनले  महानगरले गर्दा मात्रै समस्या नहुने बतँए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?