नेपाली वेब सिरिज जुनेलीको प्रिमियरपछि कलाकारहरुले के भने ?

लोकपथ
143
Shares

काठमाडौं । नेपाली वेब सिरिज जुनेलीको प्रिमियर शो भएको छ । आईतवार काठमाडौंमा एक कार्यक्रमबीच प्रिमियर शो भएको हो ।

प्रिमियर शोपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कलाकार सुलेमान शंकर (इकु) ले सिरिज एकदमै राम्रो रहेको र चेतनामुलक रहेको बताए । उनले सिरिजमा छाउपडीको विषयलाई उठाइएको बताए ।

त्यस्तै अर्का कलाकार कैलाश कार्कीले सिरिज एकदमै राम्रो रहेको बताए । उनले आवाजमा केही समस्या रहेको तर आगामी दिनमा त्यसलाई समाधान गरेर अघि बढे सिरिज राम्रो रहेको बताए । त्यस्तै अर्का कलाकार सुन्दर खनालले सिरिजमा सामाजिक विषयवस्तुहरुलाई उठान गरिएकाले राम्रो रहेको बताए । त्यस्तै कलाकार पवन भट्टराईले सिरिज एकदमै राम्रो रहेको र यो पहिलो एपिसोड भएकाले र्आ एपिसोडमा कमजोरी सुध्रिँदै जाने बताए ।

कलाकार रवि गिरीले सामाजिक विषयवस्तु उठाइएकाले सिरिजराम्रो रहेको बताए । उनले जुनेली कथाको शुरुवात भएको र वास्तविक कथा शुरु हुन थालेको बताए । त्यस्तै कलाकार पवित्रा साँकीले क्यामेरा अघि कुनै सिरिज वा अभिनय नगरेकाले केही गल्ती भएको हुनसक्ने बताए ।

उनले आफूले टिकटक र सिरिजको अभिनयमा धेरै फरक पाएको बताए । उनले अत्ति भो र मेरीबास्सैबाट अभिनयको लागि अफर आएको र मेरी बास्सैको एपिसोडमा भने अभिनय गरेको बताए ।

चलचित्रको रुपमा प्रदर्शनमा आएको यो सिरिजको पहिलो भाग मात्रै हो । यो सिरिजपछि अन्य दोस्रो, तेस्रो भागहरु आउने निर्माण टिमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?