२ करोड ६ लाख अन्तर्राष्ट्रिय पर्यटकहरू हवाई मार्गबाट पुगे मेक्सिको

लोकपथ
104
Shares

काठमाडौं । सन् २०२२ मा हवाई मार्गबाट २ करोड ६ लाख अन्तर्राष्ट्रिय पर्यटक मेक्सिको पुगेका थिए । अघिल्लो वर्षको तुलनामा ४६.३ प्रतिशतले बढी भएको पर्यटन मन्त्रालयले आइतबार जनाएको छ ।

सबैभन्दा धेरै अन्तर्राष्ट्रिय पर्यटकहरू संयुक्त राज्य अमेरिका, क्यानडा र कोलम्बियाबाट आएका बताइएको छ कुल मिलाएर एक करोड ५६ लाख पुग्यो । सन् २०२१ को तुलनामा ३९.५ प्रतिशतले बढेको आधिकारिक तथ्याङ्कले देखाएको छ ।

अन्य राष्ट्र करिब ४९ लाख ८१ हजार पर्यटकहरू रेकर्ड गरिएको थियो । यो २०२१ को तुलनामा ७२.७ प्रतिशतले वृद्धि हो र २४.२ प्रतिशतको बजार हिस्सा प्रतिनिधित्व गर्ने मन्त्रालयले जानकारी दिएको छ ।

मुख्य पर्यटक गन्तव्यहरू मेक्सिकन क्यारिबियनको क्यानकुन र बाजा क्यालिफोर्निया सुर राज्यको लस क्याबोस भएको मन्त्रालयले थप जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?