राहुल गान्धीको कन्याकुमारीदेखि कश्मिरसम्मको पैदल यात्रा सम्पन्न

लोकपथ
39
Shares

काठमाडौं। भारतीय कंग्रेसका नेता राहुल गान्धीले चार महिनाअघि शुरु गरेको ‘भारत जोडो यात्रा’ सम्पन्न गरेका छन् ।

राहुलले गत वर्ष सेप्टेम्बर ७ मा तमिलनाडुको कन्याकुमारीबाट पैदल यात्रा शुरू गरेका थिए ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार उनको यात्रा सोमबार जम्मु कश्मिरको श्रीनगरमा पुगेर सम्पन्न भएको हो ।

नरेन्द्र मोदी नेतृत्वको सरकारले देशमा धर्म, सम्प्रदायलगायत विभिन्न आधारमा समाज विभाजित गरेको भन्दै राहुलले भारत जोडो यात्रा थालेका थिए ।

१३४ दिन लामो यात्राका क्रममा राहुल ११६ दिन दैनिक २३/२४ किलोमिटर हिंडेका थिए । यस अवधिमा उनले १४ राज्यका ७५ जिल्ला पार गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

देशव्यापी रुपमा पार्टीको खस्कँदो साख फेरि फिर्ता ल्याउने राजनीतिक उद्देश्य राखेर गरिएको यस पदयात्राले भारतलाई कति जोड्ने छ या स्वयं राहुलको राजनीतिक भविष्यलाई कति उपल्लो तहमा तान्ने छ, त्यसका लागि आगामी निर्वाचनहरुको प्रतीक्षा गर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?