काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि रवि लामिछाने गृहमन्त्रीबाट हटेपछि हाल मन्त्रालय रिक्त छ ।
अब को गृहमन्त्रीको रुपमा आउँछन् भन्ने राजनीतिक वृत्तमा चासो र चर्चा चल्न थालेको छ ।
गृहमन्त्रीमा उनै लामिछाने वा अन्य कोही आउने अहिलेसम्म टुंगिएको छैन । यद्यपि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो विषयमा परामर्श गरिरहेका छन् । यता लामिछानेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले पनि गृहमन्त्रीमा आफ्नै दाबी कायम राखेको छ ।
आज बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकपछि निस्कने क्रममा प्रधानमन्त्री प्रचण्डलाई गृहमन्त्री कसलाई बनाउनुहुन्छ ? भन्दै सञ्चारकर्मीले प्रश्न सोधेका थिए । त्यसको जवाफमा प्रधानमन्त्री प्रचण्डले ‘बनेपछि थाहा पाउनुहुन्छ’ भन्ने सटिक उत्तर दिएर हिँडेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया