लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गबिच सम्झौंता

लोकपथ
195
Shares

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गबिच सम्झौंता भएको छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको १ः०.८८४५१६८को अनुपातमा जारी गर्न लागेको साविकका शेयरधनीलाई प्रति शेयर एक सय रुपैंयाँ अंकित मुल्यको दुई करोड ३४ लाख ६८ हजार कित्ता शेयरले हुने दुई अर्ब ३४ करोड ६८ लाख रुपैंयाँ बराबरको हकप्रद शेयर निष्काशन तथा विक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको हो ।

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको कार्यालय पुतलीसडक, काठमाडौंमा आयोजित एक समारोहबिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देव राज अधिकारी र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दासले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन ।

नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बैक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?