आठ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

लोकपथ
104
Shares

काठमाडौं । नेपाल राष्ट्र बैकले पुन आठ अर्ब रुपैयाँको विकास ऋणपत्रको बिक्री खुल्ला गर्ने भएको छ । माघ १७ गते अर्थात मंगलबार पाँच वर्षे अवधिको विकास ऋणपत्र २०८४ “झ” (५ वर्षे) बिक्री गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यो ऋणपत्र खरिदको लागि बैंक तथा वित्तीय संस्था, गैर-बैक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले मंगलबार अपरान्ह तीन बजेसम्म आवेदन दिनुुपर्ने छ ।

निष्काशन मिती २०७९ माघ १८ गते तोकिएको ऋणपत्रको सावाँ भुक्तानी मिती २०८४ माघ १८ तोकिएको छ । राष्ट्र बैंकका अनुसार खरिद गरिएको उक्त ऋणपत्र धितो राखेर कर्जा लिन र दिन समेत पाईने सुविधा रहेको र ऋणपत्रमा अर्धबार्षिकरुपमा व्याज भुक्तानी हुुने र आर्जित व्याजदरमा व्याजकर समेत लाग्ने छ ।

इच्छुक खरीदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरुपमा सहभागी हुनसक्ने राष्ट्र बैंकले जनाएको छ । बिक्री गरिने कुुल ऋणपत्र मध्येमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलार्ई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् छ अर्ब ८० करोड र एक अर्ब २० करोड छुट्ट्याइएको राष्ट्र बैंकको भनाई छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोलप्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने छ ।

अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्ट्याइएको रकम भन्दा बढी रकमको बोलप्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँड गरिने जानकारी समेत राष्ट्र बैंकले गरेको छ ।

खरीद गर्न पाउने सीमा घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म खरिद गर्न सकिने व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?