काठमाडौं । नेपाल भ्रमणमा रहेकी अमेरिकी कुटनीतिक तथा राजनीतिक मामिला उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले भेटघाटलाई तिव्रता दिएकी छिन् ।
सोमबार दिउँसो उनले पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेकी छिन् ।
त्यसअघि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग समेत भेटघाट गरेकी थिइन् ।
देउवासँगको भेटमा द्वीपक्षीय सम्बनधका विषयमा छलफल भएको छ । त्यस्तै देउवाले अमेरिकाले नेपाललाई निरन्तर सहयोग गरिरहेको भन्दै खुसी व्यक्त गरेका छन् ।
नुल्यान्ड आइतबार साँझ नेपाल आइपुगेकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया