१३ चैत्र २०७९, सोमवार

नीतिगत पहल अघि बढाएका छौँ : अध्यक्ष केसी

२०७९,माघ,१६,सोमवार १२:५७

54
Shares

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले साइबर सेक्युरिटी र पाइरेसीसम्बन्धी विशेष कानुन बनाउन पहल गरिरहेको बताएका छन् ।

चलचित्र पत्रकार सङ्घ नेपालले आयोजना गरेको दुई दिने कार्यशालाको समापन कार्यक्रममा बोर्ड अध्यक्ष केसीले अहिले सामाजिक सञ्जालमा आउने दृश्यले फिल्मलाई असर गरेको गुनासो बढिरहेकाले त्यसको नीतिगत समाधान गरिने बताए ।

उनले कानुन संशोधन मात्रै समस्याको समाधान नभइ नयाँ कानुन बनाउनु आवश्यक रहेको बताउँदै यसका लागि बोर्डले पहल गरिरहेको बताए । अध्यक्ष केसीले बोर्डको गतिविधिहरुलाई सहि तरिकाले समाचार बनाएर प्रसारण तथा प्रकाशन गरी हौसला बढाउनुका साथै आवश्यक परे खबरदारी गर्न समेत कार्यशालामा सहभागी पत्रकारलाई आग्रह गरे ।

नेपाल प्रेस काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसाल, कृष्ण भट्टराई, प्रकाश सायमी, विकास रौनियार, केपी ढुङ्गना, विष्णु घिमिरे ‘कल्पित’, नरेश भट्टराई, शान्तिप्रिय, विदुर गिरी, विजयरत्न तुलाधर र डब्बु क्षेत्रीले सहभागीलाई प्रशिक्षण दिएका थिए ।

सङ्घका अध्यक्ष दिनेश सिटौलाले कार्यशालाको सिकाइले सबैलाई लाभ दिएको बताए। “सिकाइको पूर्णविराम हुँदैन, यो निरन्तर चल्ने क्रम हो”, उनले भने ।

उनले सैद्धान्तिक मूल्य मान्यतालाई आत्मसात गर्दै समयसापेक्ष प्रविधिको प्रयोगसँगै अबको पत्रकारिता अघि बढनुपर्नेमा जोड दिए ।

शुक्रबार र शनिबार ‘फिल्म जर्नालिज्म इन मोडर्न इरा’ विषयमा भएको कार्यशालामा देशभरका एक सयभन्दा बढी पत्रकारको सहभागिता थियो ।

प्रकाशित मिति: २०७९,माघ,१६,सोमवार १२:५७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । कलाकार दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ । वनभोजका क्रममा विवाद हुँदा दुर्गेशसहित तीन जनाले कुटपिट गरेको भन्दै

काठमाडौं । भोजपुरी अभिनेत्री तथा मोडल आकांक्षा दुबे मृत अवस्थामा फेला परेकी छिन् । दुबेको शव सारनाथ थाना क्षेत्रको सोमेन्द्र

काठमाडौं । हलिउड निर्देशक टोड फिलिप्सको जोकर निकै हिट भएको थियो । फिल्मले विश्वभरबाट निकै राम्रो प्रतिक्रिया पाएको थियो ।

काठमाडौं । मार्वल फिल्मका स्टार अभिनेता जोनाथन मेजर्स विवादमा तानिएका छन् । उनलाई प्रहरीले पक्राउ गरेको छ । उनकी प्रेमिकाको

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६