रविन्द्र मिश्र भन्छन्- ‘यो देश नबदलिएसम्म त मलाई कालले पनि लाँदैन’

लोकपथ
78
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले दुईपटक निर्वाचन क्षेत्रका मतदाताबाट झिनो मतबाट अनुमोदन हुन नसकेपनि पुनः मतदाताको विश्वास लिने बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै नेता मिश्रले आफूलाई मतदाताले दुई–दुई पटक झिनो मतान्तरले हराए पनि ‘गरेरै छोड्ने हो, परिवर्तन हेरेरै मर्ने हो’ भन्ने चट्टानी दृढताको अगाडि त्यो क्षणिक निराशा के टिक्न नसक्ने बताए ।

‘दुई पटक मेरो क्षेत्रका मतदाताले झिनो मतको अन्तरले मलाई हराएर ठिकै पो गरेछन् कि जस्तो पनि लाग्छ। तर फेरी ‘गरेरै छोड्ने हो, परिवर्तन हेरेरै मर्ने हो’ भन्ने चट्टानी दृढताको अगाडि त्यो क्षणिक निराशा के टिक्न सक्थ्यो र?’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

त्यसैगरी आफूलाई बेलाबखत आफू नेपाली राजनीतिका लागि योग्य पात्र हो या होइन भन्ने अनुभूति हुने गरेको समेत टिप्पणी गरे ।

देशमा परिवर्तनको भोक रहेको बताउँदै देश नबदलिएसम्म कालले समेत नलाने टिप्पणी गरेका छन् ।
‘सबै हेर्दा र बुझ्दा, म नेपाली राजनीतिका लागि योग्य पात्र नै होइन कि भन्ने अनुभूति हुन्छ, बेलाबखत।’ उनले भनेका छन्,
“यो देश नबदलिएसम्म त मलाई कालले पनि लाँदैन“ भनेर त्यसै भनेको कहाँ हुँ र!’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?