माओवादी केन्द्रको पदाधिकारी बैठक शुरु

लोकपथ
14
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको छ ।

केहीबेरअघि माओवादीको केन्द्रीय कार्यायल पेरिसडाँडामा पदाधिकारी बैठक शुरु भएको हो ।

बैठकमा यसअघि बसेको स्थायी कमिटी बैठकमा पेश भएका एजेण्डामाथि छलफल हुने छ । त्यस्तै बैठकमा राष्ट्रपति निर्वाचन, गृह मन्त्रालय भागबण्डा लगायतको विषयमा छलफल समेत हुने बताइएको छ ।

यसअघि बिहीबार र शुक्रबार माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसेको थियो ।

बैठकका लागि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुगिसकेका छन् भने अन्य नेताहरु आउनेक्रम जारी रहेको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?