काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटघाट गरेका छन् ।
सोमबार बिहान प्रधानमन्त्री प्रचण्डसँग भेट्न मेयर शाह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए ।
सो क्रममा मेयर शाहले बागमती करिडोरमा रहेका सुकुम्बासी हटाउन प्रधानमन्त्रीसँग सहयोग मागेका छन् ।
प्रधानमन्त्री दाहाल पनि सुकुम्बासी समस्या समाधानका लागि सकारात्मक देखिएको मेयर शाहको सचिवालयले जनाएको छ ।
भेटघाटको क्रममा अन्य विषयमा समेत छलफल भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया