धनुषामा हिरासतबाट ६ जना थुनुवा फरार

लोकपथ
42
Shares

काठमाडौं । धनुषामा हिरासतबाट ६ जना थुनुवा फरार भएका छन् । आइतबार राति इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ जना फरार भएका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

उनीहरू राति दुई बजेदेखि चार बजेको बीचमा हिरासत तोडेर फरार भएको धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

फरार रहेका दुईजना हातहतियार, दुईजना लागुऔषध र अन्य दुईजना अभद्र व्यवहार मुद्दामा थुनामा परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?