‘स्वतन्त्रता र नागरिक अधिकार शहीदहरूले गरेका बलिदानको प्रतिफल’

लोकपथ
14
Shares
President Bidya Devi Bhandari signs to enact a bill at the Sheetal Niwas, on Thursday, February 25, 2016. Photo: President’s Office

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने शहीदहरुप्रति श्रदान्जली व्यक्त गरेकी छिन् ।

शहीद दिवस २०७९ को अवसरमा एक सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले देशका लागि आफ्नो जीवन उत्सर्ग गर्ने शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलगायत सम्पूर्ण ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेकी हुन् ।

त्यस्तै राष्ट्रपति भण्डारीद्वारा जारी सन्देशमा देश र जनताका लागि प्राण आहुति दिने महान् सहिदहरूको विशेष सम्झना गरिने दिन भएको उल्लेख गरिएको छ ।

त्यसैगरी उनले आजको अवस्थामा नेपाल आउनु नै शहीदहरुको बलिदानको उपज भएको उल्लेख गरेकी छिन् ।

‘हामीले आज उपभोग गरिरहेको स्वतन्त्रता र नागरिक अधिकार विगतमा शहीदहरूले गरेका बलिदानको प्रतिफल हो । तसर्थ सहिदहरूको बलिदानद्वारा प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रति सच्चा श्रद्धाञ्जली हुने’ उल्लेख उनले गरेकी छन् ।

नेपाली जनतालाई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन इतिहासका विभिन्न कालखण्डमा निरंकुश र तानाशाही शासन व्यवस्थाविरुद्ध भएका आन्दोलनहरूमा आफ्नो जीवन बलिदान गर्ने वीर वीरङ्गनाहरूप्रति सम्मान व्यक्त गर्दै हरेक वर्ष माघ १६ गते शहीद दिवस मनाइँदै आइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?