काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को स्थगित भएको प्रदेशस्तरीय विस्तारित बैठकको मिति पुनः तय गरिएको छ । सभापतिमा रवि लामिछाने पुनः चयन भएसँगै आइतबार बसेको केन्द्रीय समिति बैठकले माघ २१ प्रदेशस्तरीय विस्तारित बैठक सुरु गर्ने निर्णय भएको प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।
पार्टीको निर्णयअनुसार गण्डकीको विस्तारित बैठक माघ २१ गते, लुम्बिनीको २४ गते, सुदूरपश्चिमको २६ गते र सुर्खेतको २८ गते हुनेछ ।
तर, प्रदेश न१, मधेश प्रदेश र वागमती प्रदेशमा हुने विस्तारित प्रदेश वैठकका छिट्टै निर्णय हुने प्रवक्ता ढकालले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया