अहिलेको माग भनेकै जनताको अवस्था परिवर्तन : मुख्यमन्त्री शर्मा

लोकपथ
14
Shares
;’v]{t, !% df3M cGt/lqmofdf d’VodGqL zdf{ k|]; ;]G6/ g]kfnsf] !(cf}F :yfkgf lbj;sf cj;/df k|]; ;]G6/ g]kfn s0ff{nL k|b]z ;ldltn] cfof]hgf u/]sf] s0ff{nLsf] lbuf] ljsf;df kqsfl/tfsf] e”ldsf ljifos cGt/lqmofdf dGtJo /fVg’x’Fb} s0ff{nL k|b]zsf d’VodGqL /fhs’df/ zdf{ . tl:a/M ;’/]z cfrfo{÷/f;;

सुर्खेत । कर्णालीका प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले अहिलेको अवस्था भनेकै जनताको अवस्था परिवर्तन भएको बताएका छन् ।

प्रेस सेन्टर नेपाल १९ औँ स्थापना दिवसका अवसरमा उक्त संगठनको कर्णाली प्रदेश समितिद्वारा आज राजधानी वीरेन्द्रनगरमा आयोजित ‘दिगो विकासमा आमसञ्चारको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले मुलुकको व्यवस्था बदलिए पनि जनताको अवस्था परिवर्तन हुन नसकेको बताए ।

उनले भने, ‘जनताको माग भनेकै उनीहरुको अवस्था बदल्नु हो । त्यसतर्फ हामी केन्द्रित हुनुपर्ने बेला आएको छ ।’ मुख्यमन्त्री शर्माले मिडिया क्षेत्रले जनताका समस्या मात्र नभई त्यसको समाधानका उपायसमेत उजागर गर्न आग्रह गरे । जनताको कामदारका रूपमा आएको जनाउँदै उनले भने, ‘म कामदार हुँ । मलाई काम गर्न दिनु हुनेछ ।’

कर्णालीको समृद्धिको सपना पूरा गर्ने अभिभारा हामी सबैको रहेको जनाउँदै उनले देशको अवस्था परिवर्तनका मुद्दामा पत्रकारिता जगतबाट अपेक्षित सहयोग पुग्ने बताए । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले पत्रकारका समस्याहरू हल गर्न प्रतिबद्ध रहेको बताए ।

कर्णालीसहित दिगो विकास गर्न र यहाँ जनतालाई सही सूचना दिन पत्रकारहरूको भूमिका प्रशंसनीय रहेको जनाउँदै उनले अब छिट्टै आमसञ्चार प्रतिष्ठान गठनको विधेयक ल्याउने तयारी भइरहेको जनाए । पत्रकारिता जगतमा देखिएका पत्रकारका गुनासा आगामी बजेटबाट सम्बोधन कसरी गर्न सकिन्छ भन्ने बारेमा आवश्यक परामर्श लिने उनको भनाइ थियो ।

अन्तरक्रियामा मध्यपश्चिम विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार विभागका उपप्राध्यापक युुवराज शर्माले कर्णालीको पत्रकारिताबारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त कार्यपत्रमाथि मध्यपश्चिम विश्वविद्यालयका पूर्वडीन पिताम्बर ढकाल, महासंघ कर्णालीका अध्यक्ष देवीराम देवकोटा, नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय कोषाध्यक्ष सूर्यमणि गौतम, विभिन्न पेसागत संघ/संगठनका प्रमुखहरुले आफ्नो धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?