पुरातन विधाका सामाजिक पूर्वाधारलाई जोगाउन आवश्यक छ : मुख्यमन्त्री रावल

लोकपथ
26
Shares
??????????? ?????????-? ???????????? ????????? ???????? ?????????? ???? ?????????????? ?????? ?????? ?????? ??????????? ??????? ?????? ?????????? ??????????? ???????? ???????????? ????????????? ???? ? ??????? ??????????????? ?????/????

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आजको आवश्यकता व्यावहारिक शिक्षा भएको बताएका छन् । शुक्लाफाँटा नगरपालिका–४ पिपलाडीस्थित राष्ट्रिय माविको ६५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले सीप, संस्कार, संस्कृति र प्रविधिमा आधारित शिक्षालाई आत्मसात् गर्दै अगाडि बढाउनुपर्ने बताए ।

स्थानीय तहले शिक्षाको गुणस्तर कायम गर्नका लागि पाएको क्षेत्राधिकारको प्रयोग गर्दै कार्य अगाडि बढाउन उनले निर्देशन दिए । स्थानीय तहले पाएको अधिकारको अधिकतम प्रयोग गर्दै सामुदायिक विद्यालयलाई नमूना बनाउनका लागि अग्रसर हुनुपर्ने उनले बताए ।

‘विद्यालय सुधारका लागि शिक्षक अभिभावकको गहिरो छलफल, अन्तक्रिया हुनुपर्छ’, उनले भने, ‘छलफल र सुझावका आधारमा आएको निष्कर्षका आधारमा विद्यालयको सुधारमा लाग्नुपर्छ ।’ विद्यालयलाई साझा संस्कृति विकास गर्ने थलोका रूपमा विकास गर्नुपर्ने उनले धारणा व्यक्त गरे ।

सुदूरपश्चिमका बासिन्दा कहिल्यै पनि शिक्षा, साहित्य, कला र संस्कृतिका क्षेत्रमा पछाडि नरहेको चर्चा गर्नुहँुदै उनले देश निर्माणमा सधैँ योगदान दिएको बताए । पुरातन विधाका सामाजिक पूर्वाधारलाई जोगाउनु अन्त्यन्तै जरुरी रहेको उनले उल्लेख गरे ।

‘बालबालिकाको मानसिक, बौद्धिक विकासका लागि स्थानीय भाषामा पढ्ने वातावरण कायम गरिनुपर्छ’, उनले भने, ‘बालबालिका जुन परिवेशमा हुर्कंदै जान्छन्, त्यसै अनुसारको असल शिक्षा अवलम्बन गर्नुपर्छ, किताबलाई ज्ञानको माध्यम बनाइनुपर्छ ।’

सुदूरपश्चिम माघ महिनामा अन्नि दिने, गंगनान नुहाउने, अर्को महिना होलीको रागमा रम्ने र चैतमा चैतालो खेल्ने सबैको साझा चौतारीका रूपमा रहेको उनले बताए । शैक्षिक क्षेत्रको विकासका लागि प्रदेश सरकारले गहकिला योजना बनाई लागू गर्ने उनले कार्यक्रममा प्रतिबद्धता व्यक्त गरे ।

जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराले अभावै अभाव भएका निजी विद्यालयप्रति विद्यार्थीको आकर्षण बढ्दै जानु र अभाव नभएका सामुदायिक विद्यालयमा विद्यार्थी घट्दै जानु चिन्ताको विषय भएको बताए । उनले सामुदायिक विद्यालय सञ्चालनमा कुनै न कुनै कुरामा त्रुटि छ, त्यसलाई निराकरण गरी आदर्श विद्यालयका रूपमा विकास गर्न सबैले गहन चिन्तन र मनन गर्नुपर्ने बेला आएको बताए ।

कार्यक्रममा सहभागी नेकपा (एमाले) निकट युवा संघका पूर्वकेन्द्रीय अध्यक्ष बचनबहादुर सिंहले विद्यालयलाई राजनीति गर्ने थलोका रूपमा विकास गरिनु नहुने बताए । सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर खस्किनु र विद्यार्थी अभिभावकको आकर्षण घट्दै जाने कारण राजनीति भएकाले यसको अन्त्यका लागि नयाँ बहसको थालनी गरिनुपर्ने समय आएको उनको भनाइ थियो ।

विद्यालयको शैक्षिक गतिविधिबारे जानकारी दिँदै विद्यालयका प्रधानाध्यापक वीरेन्द्र साउदले विद्यार्थी अनुपातमा विद्यालय भवन अभाव, शिक्षक अभाव, खानेपानी, शौचालय, प्रयोगशाला र पुस्तकालयको भरपर्दो व्यवस्था हुन नसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?