नेकपा स्थायी कमिटी बैठक आज, यी हुन् बैठकका एजेण्डा

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठक शनिबार बस्दैछ । जेठ ३ गते नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेकपाको स्थायी समिति बैठक पहिलो पटक पार्टी कार्यालय धुम्बाराही बस्न लागेको हो ।

दिउँसो १ बजे बस्न लागेको बैठकमा सांगठनिक एकता र सरकारका कामको समीक्षा हुने प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिए । विधानतः ३-३ महिनामा बस्नुपर्ने नेकपा स्थायी कमिटी बैठक २१ असारदेखि बस्न नसकेकाले पार्टीभित्र असन्तुष्टि र अन्तरविरोधका चाङ छन् ।

पटकपटक स्थायी कमिटीको बैठक बोलाउने र स्थगित गर्ने गरेकाले नेतृत्वलाई बैठक छलेको आरोप लाग्दै आएको पनि छ । गएको शनिबारको सचिवालय बैठक पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले बहिस्कार नै गरेपछि नेकपाभित्रको विवाद सतहमै आएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?