१५ चैत्र २०७९, बुधबार

राष्ट्रिय एकताका लागि ‘रन फर युनिटी’ आयोजना गर्दै नेपाली सेना

२०७९,माघ,१५,आईतवार २०:३५

36
Shares

सुर्खेत । नेपाली सेनाले कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा एकताका लागि ‘रन फर युनिटी’ आयोजना गर्ने भएको छ । कर्णालीको पहिचानका रूपमा रहेको लामो दूरीको दौडकोे प्रवर्द्धन र खेलकुद क्षेत्रको विकास तथा राष्ट्रिय एकताको भावना अभिवृद्धिका लागि यही माघ २१ गते एकताका लागि दौड प्रतियोगिता हुने भएको हो ।

उत्तर पश्चिम पृतना हेडक्वार्टरद्वारा सेनाले गरेको अर्धवार्षिक कार्यप्रगति सार्वजनिक गर्दै आज एकताका लागि दौड प्रतियोगिता गर्न लागिएको जनाइएको छ । खेलकुद क्षेत्रको विकासमा थप टेवा, विद्यार्थी तथा खेलाडीहरूलाई हौसला प्रदान गर्दै राष्ट्रियता र संस्कृति जगेर्ना गर्ने माध्यमका रूपमा विकास गर्न प्रतियोगिता गर्न लागिएको सेनाले जनाएको छ ।

करिब एक हजारको सहभागिता रहने प्रतियोगितामा लामो र छोटो दूरीका दौडसहित पैदल यात्रा समावेश गरिएको छ । जसमा पाँच किलोमिटर पैदल यात्रा, पाँच किलोमिटर पुरुष महिला दौड र १० किलोमिटर पुरुष महिला दौड रहेका छन् । प्रतियोगितामा सर्वसाधारणदेखि खेलाडी, कर्मचारी, सुरक्षा निकायका कर्मचारी, विद्यार्थी तथा विभिन्न संघसंस्थाले भाग लिन पाउनेछन् ।

पाँच किलोमिटर दौडमा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्नेलाई क्रमशः रु १० हजार, पाँच हजार, तीन हजार र १० किलोमिटरमा रु २० हजार, १० हजार र पाँच हजार नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै उक्त दिन सेनाले युद्ध कौशल, हातहतियार, विपद् व्यवस्थापनमा प्रयोग हुने सामग्री, आर्टिलरी उपकरण, विविध सांस्कृतिक प्रस्तुति, सैनिक पुस्तकहरूको प्रदर्शनीसमेत गर्नेछ ।

प्रकाशित मिति: २०७९,माघ,१५,आईतवार २०:३५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । ग्रीनसिटी अस्पताल बसुन्धराले ३० किलोग्रामभन्दा बढी तौलको ‘ट्युमर’ को सफल शल्यक्रिया गरेको छ । अस्पतालले शुक्रबार पत्रकार सम्मेलन

काठमाडौं । सरकारले साइबर सुरक्षाका क्षेत्रमा नीतिगत, कानूनी, संरचनागत र प्रक्रियागत सुझावसहित प्रतिवेदन तयार गर्न उच्चस्तरीय समिति गठन गरेको छ

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाउन आम सर्वसाधारणलाई अनुरोध गरेको छ । प्रहरी

काठमाडौं । नेपाली सेनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन कार्ययोजनामा आधारित विमान अपहरणविरुद्धको एकीकृत अभ्यास सञ्चालन गरेको छ । प्रधानसेनापति प्रभुराम

ताजा समाचार

दिङ्ला प्रशासन कार्यालय प्रमुखविहीन
 २०७९,चैत्र,१५,बुधबार ११:१३
देउडा अभिनयमा जम्दै ‘झरना’
 २०७९,चैत्र,१५,बुधबार १०:४७