प्रधानमन्त्री देउवालाई बाम तालमेलले गृहजिल्लामा सकस

डडेल्धुरा,५ कार्तिक । डडेल्धुरा जिल्लामा अघिल्लो संविधानसभा निर्वाचनमा कमजोर देखिएको वामपन्तीदलहरुको स्थितिमा केही सुधार गरेपछि यसपटक प्रमुख दुई दलबीच प्रतिस्पर्धा हुने सम्भावना बढेको छ । अघिल्लो संविधानसभा निर्वाचनमा यहाँका एक मात्र निर्वाचन क्षेत्रमा माओवादी केन्द्रकातर्फबाट केन्द्रयि कार्यलय सदस्य खगराज भट्ट मुख्य प्रतिस्पर्धा थिए । नेपाली काँग्रेसकातर्फबाट उम्मेदबार प्रधानमन्त्री शेरबहादुर देउवा विजयी भएका थियो । काँग्रेसको पुरानो बर्चस्व भत्काउने चुनौती वामपन्ती एकाताले सजिलो बनाए छ ।०६४ सालमाको पहिलो संविधानसभा निर्वाचन देउवाले माओवादी नेता भट्टलाई १ हजार १ सय ६८ मतले पराजित गरेका थिए भने ०७० सालेको दोस्रो संविधानसभा निर्वाचन सभापति शेरबहादुर देउवा डडेल्धुराबाट नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री देउवा २३ हजार ९ सय २० मत लाई विजयी भएका थिए । प्रत्यक्ष र समानुपातिकतर्फ गरी यहाँबाट काँग्रेस विजयी भएको थिए । माओवादी केन्द्रका नेता खगराज भट्ट १२ हजार ४ सय १३ मत ल्याई पराजित भई चित्त बुझाएका थए ।यस्तै माओावदी नेता भट्टले १२ हजार ४ सय ९३ मत ल्याई पराजित भई चित्त बुझाएका थिए । यसपटक बाम गठबन्धनले जसरी पनि जित्ने दाउमा छ भने प्रधानमन्त्री देउवो आआफ्नै पक्षमा सफलता हात पार्न मनस्तिथी बनाएका छन् । डडेल्धुरामा ०५६ को संसदीय चुनाव जितेका कांगे्रसका पार्टी प्रवक्ता दिलेन्द्रप्रसाद बडू , सांगठनिक पकड हुँदाहुँदै २०६४ संविधानसभा निर्वाचनम ५० प्रतिशत कम मत ल्यार र दार्चुला बाट तेस्रो पार्टी बनेको थियो ।यसरी जित्ने जोड घटाउँमा छ बाम गठबन्धनको ।२०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा माओवादी केन्द्रका नेता खगराज भट्टले प्रत्यक्षमा पाएको मत १२ हजार ४ सय ९३ र नेकपा एमालेका अध्यक्ष डा. तरा जोशीले पाएको मत ७ हजार १ सय ९० जम्मम गरि १९ हजार ६ सय ८३ मत हुन । पुग्छ जस मध्ये प्रधानमन्त्री देउवाले २३ हजार ९ सय २० मतल्यायका थिए । करिब ४ हजार २ सय ३७ देउवा अगाढी रहेको थिए ।त्यीबेला बेला एमालेमा दुईटा गुट भएका कारण एमालेका उम्मेदबारले सोचे जस्तो मत नाभएकका थिए भने माओवादी केन्द्रको पुटकोकारणले मोवादीको कम मत आएको थियो । अहिले बाम एकताका कारण सबै एक जुट देखिने भएकाले बाम गठबन्धले देउवालाई कडा चुनौती दिने कतिपयको आकलन छ ।यता नेपाली काँग्रेस जिल्ला कमीटी डडेल्धुराका सभापति कर्णबहादुर मल्लको टीम देउवाको टीममा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?