काठमाडौं । सूचना वर्गीकरण समितिले गरेको निर्णयबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै अनभिज्ञ रहेको खुलेको छ । आफ्नो जानकारी बिनै सूचना वर्गीकरण गरिएको खबर सार्वजनिक भएपछि प्रधानमन्त्रीले सूचना वर्गीकरण समितिको बैठक नै बोलाएका छन् ।
मुख्य सचिव शंकरदास बैरागीको नेतृत्वमा रहेको समितिले सूचना वर्गीकरण गर्दा कतिपय नीतिगत विषयलाई पनि गोप्य सूचनामा वर्गीकरण गरेको भन्दै विरोध हुन थालेपछि बैठक बोलाइएको हो ।
प्रधानमन्त्री प्रचण्डले मुख्य सचिव नेतृत्वको समितिले गरेको वर्गीकरणप्रति चासो व्यक्त गर्दै छलफल गर्न लागेका हुन् ।
सूचना वर्गीकरणका विषयमा व्यक्त भएका चासोका बारेमा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको प्रधानमन्त्री प्रचण्डले उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘भोलि सोमबार सरोकारवाला पक्षहरूसँग छलफल गरी समस्या समाधानबारे आवश्यक निर्णय लिइनेछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया