काठमाडौं । आगामी २०८० को शैक्षिक सत्र वैशाख १ गतेदेखि शुरु हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो निर्णय गरेको हो ।
अब आगामी २०८० को विद्यालय तहको शैक्षिक शत्र वैशाख १ गते प्रारम्भ भई चैत मसान्तसम्म कायम रहने छ ।
शिक्षा नियमावली, २०५९, (संशोधनसहित) को नियम ८४ (१) बमोजिम ६ माघमा मन्त्रीस्तरीय निर्णयले वैशाख १ गतेदेखि शुरू गर्ने निर्णय गरेको हो । चालू शैक्षिक शत्र असार १ गतेदेखि शुरू भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया