पोखरामा पनि दुई जनाले गरे आत्मदाहको प्रयास, उपचार हुँदै

लोकपथ
504
Shares

काठमाडौं । पोखरामा दुईजनाले आत्मदाहको प्रयास गरेका छन् । पोखरा महानगरपालिका वडा नम्बर-१३ काहुँखोला बस्ने संगीता सापकोटा र कृष्ण बहादुर क्षेत्रीलाई जल्दै गरेको अवस्थामा छिमेकीले उद्धार गरेका अस्ताल पुर्याएका छन् ।

उनीहरुको उद्धार गरि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सुवास तिमिल्सिनाले जानकारी दिए ।

‘दुवैले शरिरमा आगो लागिरहेको बेला छिमेकिहरुले उद्धार गरि हाल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत हुनुहुन्छ।’ प्रहरी निरीक्षक तिमिल्सिनाले भने । घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

केही दिन अघि नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आफैंमाथि आगो लगाएर आत्मदाह गरेका इलामका ३७ वर्षीय प्रेमप्रसाद आचार्यको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?