घर भित्रै हात खुट्टा बाँधिएको अवस्थामा एक महिलाको शव फेला

लोकपथ
98
Shares

गुल्मी । गुल्मीमा एक महिलाको आफ्नै घरमा शव फेला परेको छ । गुल्मीको मुसिकोट नगरपालिका –७ की ५७ वर्षीया गङ्गादेवी शेरचनको घर भित्रै हात खुट्टा बाँधिएको अवस्थामा शव फेला परेको हो ।

‘घर भित्रै हात खुट्टा बाँधिएको अवस्थामा शव फेला परेको छ । हामी चिक्त्सिकहरुको टोलीसहित घटनास्थल पुग्दै छौंँ । स्थानीय प्रहरीले हाल घटनास्थललाई सुरक्षीत गरिरहनुभएको छ ।’ जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अर्जुन रानाभाटले लोकपथलाई जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?