बाबुरामले गराए मनोनयन दर्ता, चुनाव चिन्ह आँखा हैन रुख

गोरखा ५ कात्तिक । आगामी मंसिर १० गते पहिलो चरणको प्रदेशसभा र प्रतिनिधीसभा निर्वाचनको लागी आज मनोनयन दर्ता भइरहेको छ । यसैबिच नया शक्ति पार्टीका संयोजक समेत रहेका डा. बाबुराम भट्टराइले पनि गोरखा दुईबाट मनोनयन दर्ता गराएका छन् । नेपाली कांग्रेससँग तालमेल गरेको नयाँ शक्तिको चुनाब चिन्ह आँखा नभई रुख रहनेछ । अब बाबुरामलाई जिताउने मतदाताले रुख चिन्हमा मतदान गर्नुपर्ने भएको छ । दुई निर्वाचन क्षेत्र भएको गोरखामा क्षेत्र नम्बर एक बाट नेपाली कांग्रेसका चिनकाजी श्रेष्ठ उम्मेदवार भएका छन् भने क्षेत्र नम्बर दुईमा कांग्रेसले भट्टराईलाई सघाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?