रवि लामिछानेले नेपाली नागरिकता लिने, जिल्ला प्रशासन जाँदै

लोकपथ
260
Shares

काठमाडौं । नागरिकता नहुँदा पद गुमाउनु परेका राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक सभापति रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौं जाने भएका छन् ।

उनी आज कार्यालय खुलेसँगै नागरिकताको प्रमाणपत्रका लागि जिल्ला प्रशासन कार्यालय जाने सिडियो कार्यालय काठमाडौं स्रोतले जानकारी दिएको छ ।

प्रशासनले अमेरिकाको नागरिकता त्यागेको निस्सा, पुराना नागरिकताको प्रमाणपत्र र प्रतिलिपी, फोटो र भर्नुपर्ने निस्साको फारम भरेर पेश गर्नुभनी समन्वय गरेको छ ।

लामिछानेले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया पूरा नगर्दा उपप्रधान एवं गृहमन्त्री र पार्टी सभापति पद नै गुमाउनु परेको थियो ।

यसबारे परेको मुद्दामा गत शुक्रबार सर्वोच्च अदालतले लामिछानेको सांसद पद बदर गरिदिएको हो । लामिछाने चितवन २ बाट निर्वाचित सांसद निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?