१६ चैत्र २०७९, बिहीवार

वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतलाई अभिनन्दन

२०७९,माघ,१४,शनिवार २१:४६

0
Shares

काठमाडौं । वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतलाई अभिनन्दन गरिएको छ । डल्लु आवास स्थानीय समितिद्वारा आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय पुरस्कार विजेता डा.रुइतलाई कदरपत्रसहित अभिनन्दन गरिएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले उनलाई सम्मान गरे । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले स्वास्थ्य क्षेत्रमा रुइतले गरेको मेहनत र क्रियाशीलताका कारण उनले प्राप्त गरेको पुरस्कारले सम्पूर्ण नेपालीको गौरव बढाएको बताए ।

स्वदेश तथा विदेशमा रहेका बिरामीलाई उपचार गरेर सामाजिक सेवामा डा.रुइतले देखाएको कर्मबाट सबैले प्रेरणा लिनुपर्ने बताउँदै उनले सरल स्वभावका रुइतको सुखमय जीवन र थप प्रगतिको कामना गरे । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले अन्धकारमा छटपटिएका बिरामीलाई ज्योति प्रदान गरेका डा.रुइतले मुलुकलाई अन्तर्राष्ट्रिय तहमा परिचित गराए ।

काठमाडौं महानगरपालिका–१५ का वडाध्यक्ष ईश्वरमान डंगोलले उनको सामाजिक विकास तथा माननवीय सेवाको भावना अतुलनीय रहेको बताए ।

हालै बहराइनबाट दिइने इशा अवार्ड प्राप्त गर्न डा.रुइत छनोट भएका छन् । जसको राशि १३ लाख अमेरिकी डलर बराबरको छ । अन्तर्राष्ट्रिय तहमा ठूलो पुरस्कार प्राप्त गर्न लागेका उनी पहिलो नेपाली हुन् ।

प्रकाशित मिति: २०७९,माघ,१४,शनिवार २१:४६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा पछिल्लो ८ महिनाको अवधिमा २३ लाख बढी आन्तरिक राजश्व संकलन भएको छ । गाउँपालिकाले सार्वजनिक

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

ताजा समाचार

राष्ट्रियसभाको बैठकमा ४ प्रतिवेदन पेस
 २०७९,चैत्र,१६,बिहीवार १४:४५